काठमाडाैँ - कोरोना संक्रमणले विकराल रूप लिएपछि छिमेकी मुलुक बंगलादेशले भारतसँगको सीमानाका सिल गरेको छ । बंगलादेशी प्रधानमन्त्री कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै १४ दिनका लागि भारतबाट बंगलादेश प्रवेश गर्ने नाका बन्द गरिएको जानकारी दिएको हो ।
बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइनेछ । यसअघि बंगलादेशले गत अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो ।