×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेटौँडा-काठमाडौँका दुई सडक खण्ड सञ्चालनमा

हेटौँडा-काठमाडौँका दुई सडक खण्ड सञ्चालनमा

काठमाडौं- अविरल वर्षाका कारण अवरुद्ध भएका हेटौँडा-काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन्।

सडकमा खसेको पहिरो पन्छ्याएपछि हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड र हेटौँडा-पालुङ-नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।

उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी-सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्।

भीमफेदी-कुलेखानी-सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए। बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ।

यस्तै, हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए। ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्