कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । रमेश लेखक नेतृत्वको समितिले मंगलबार देउवालाई प्रतिवेदन बुझाएको हो ।
देउवाको निजी निवास बुढानिलकण्ठमा जारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । तर, प्रतिवेदन बुझाउने क्रममा समितिमा सहमति भने जुट्न सकेन । समितिका सदस्य कल्याण गुरूङले प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
छानविनको काम नसकेको र विवाद समाधन नभएको प्रतिवेदन बुझाइएको भन्दै गुरूङले नोट अफ डिसेन्ट लेखेका हुन् । समितिले सुल्झन नसकेको क्रियाशील विवाद १५ औं महाधिवेशनका लागि थाति राख्ने गरी प्रतिवेदन बुझाएको बताइएको छ ।