×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाटन नगरपालिकाको निर्णय : अब उपभोक्ता समितिको अध्यक्षमा महिला मात्रै

पाटन नगरपालिकाको निर्णय : अब उपभोक्ता समितिको अध्यक्षमा महिला मात्रै

काठमाडौँ- बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको हो । 

उपमेयर कमलसिंह बोहराका अनुसार नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । उपभोक्ता समिति गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए । नगरपालिका भित्र सञ्चालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढङ्गले सम्पन्न गर्न पहल गर्ने उनको भनाई छ । 

चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपभोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले दाबी गरेका छन् । 

प्रतिकृया दिनुहोस्