×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अध्यक्ष ओलीले भेटे प्रधानमन्त्री प्रचण्ड

अध्यक्ष ओलीले भेटे प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हाे ।

भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएकाे बुझिएको छ । बिहीबार ओलीको नेतृत्वमा सरकार सञ्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको थियो । 

संयन्त्रमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सदस्य छन् ।

सत्ता साझेदार दल माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सरकार साझा न्यूनतम कार्यक्रमका विषयमा सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस्