काठमाडौं : ज्वाला संग्रौला र उनको समूहका अन्य दुई जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।
जिल्ला प्रशासनले कार्यालय काठमाडौंले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए । संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न असार ७ गते प्रहरीलाई तीन दिनको समय दिएको थियो ।
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने संग्रौलाविरुद्ध युवा संघकी केन्द्रीय सदस्य खुश्बु घिमिरेले प्रहरी कार्यालयभित्रै कुटपिट गरेको गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनीहरूलाई अभद्र व्यवहार अन्तर्गत प्रहरीले कारबाही अघि बढाएको थियो ।