×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

डा. पुन भन्नुहुन्छ : लापरवाहीले गर्दा कोरोना दोस्रो चरण प्रवेश गर्ने खतरा हुनसक्छ ।

डा. पुन भन्नुहुन्छ : लापरवाहीले गर्दा कोरोना दोस्रो चरण  प्रवेश गर्ने खतरा हुनसक्छ ।

काठमाडौं -  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले नेपालमा पनि कोरोना भाइरसको दोस्रो चरण प्रवेश गर्ने संकेत देखिएको बताउनु भएको  छ ।

भारतबाट भित्रने मानिसहरुको व्यवस्थापनमा लापरवाही गर्दा कोरोनाको दोस्रो चरण प्रवेश गर्ने खतरा उच्च रहेको उहाँले जानकारी दिनुभएको छ ।

एक रेडियो कार्यक्रममा  अन्तर्वार्ता दिदै  डा.पुनले सीमानाकामा कडाई र सबैले सर्तकता नअपनाउँदा देशमा पुनः कोरोना कहर सुरु हुने संकेत देखिएको स्पष्ट पार्नुभयो ।

विगत एक हप्तामा कोरोना संक्रमितको ग्राफ उकालो लागेको उहाँले उल्लेख गर्नुभएको छ । जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नगर्दा विद्यालयहरु कोरोना हटस्पर्ट बन्न थालेको डा.पुनको बुझाई छ ।

सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि विगतका कमीकमजोरी सच्याएर योजना बनाउनुपर्ने उहाँले सुझाव दिनुभएको छ ।

डा.पुनले विगतमा कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको व्यवस्थापनमा भएका कमजोरीबारे बृहत् छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।

लकडाउन कोरोनाभाइरस संक्रमण नियन्त्रणको प्रभावकारी उपाय नभएकाले तत्काल लकडाउन नगर्नुपर्ने उहाँको दावी छ । डा.पुनले सबै नागरिक आफ्नो स्वास्थ्यप्रति सजक र सचेत बन्ने हो भने लकडाउन आवश्यक नरहेको प्रष्ट पार्नुभएको छ ।

प्रतिकृया दिनुहोस्