×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोलिदेखि सरकारी कार्यालय र बिदा समय पुरानै कायम हुने

भोलिदेखि सरकारी कार्यालय र बिदा समय पुरानै कायम हुने

काठमाडौँ- भोलिदेखि सरकारी कार्यालय र बिदा  समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । कार्यान्वयन गर्न जटिल भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ ।

सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ । यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिकृया दिनुहोस्