पोखरा- पोखराको १५औँ मेयरको रुपमा धनराज आचार्य निर्वाचित भएका छन्। आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन्। हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन्।
निकटत् प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए । अझै ५ हजार मत गन्न बाँकी छ। उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जीत नजिक पुगेकी छिन्।
उनले कांग्रेसकी कोपिला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन्। गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ।