बैतडी - बैतडीमा जिप दुर्घटना हुँदा तीन जना गम्भिर घाइते भएका छन् । बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप आज दिउँसो ४ बजेतिर दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटनामा परी प्रहरी जवान सहित तीन जना गम्भिर घाइते भएका हुन । गम्भिर घाइते हुनेमा दशरथचन्द नगरपालिका ११ घर भइ कैलालीमा कार्यरत प्रहरी जवान डम्बर महरा, दोगडाकेदार गाउँपालिका ४ बसालीका १४ वर्षीय भीम धामी र सोहि ठाउँका दिपक कार्की घाईते भएका हुन । गम्भिर घाइते तीनै जनालाई उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ताद दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुलेको छैन । चालक सहित ११ जना सवार जिप सडकबाट अन्ताजी २५ मिटर तल खसेको छ ।