×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेक्सपियरको नाटक टुभेल्थ नाइट काठमाडौंमा मञ्चन

सेक्सपियरको नाटक टुभेल्थ नाइट काठमाडौंमा मञ्चन

काठमाडौं- प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक टुभेल्थ नाइट काठमाडौंमा मञ्चन गरिएको छ ।

करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो । नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले निर्देशक गरेका हुन् । अंग्रेजी र नेपाली दुवै भाषामा संवाद समिश्रण रहेको नाटकमा छ । नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन् ।

असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन् । ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई नाटकमा देखाइएको छ ।

सेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन् । प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको समिश्रणले एकापसमा आकर्षणको साङ्लो चुडिँएको देखाइएको छ । यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्