×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाले भन्यो –नुवाकोट १ मा उम्मेदवारी कायम छ।

रास्वपाले भन्यो –नुवाकोट १ मा उम्मेदवारी कायम छ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोट क्षेत्र नम्बर १ मा पार्टीको उम्मेदवारी कायमै रहेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा सो पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अन्य कुनै पार्टीलाई समर्थन गरेको भ्रामक खबर फैलिएपछि यस्तो स्पष्ट गरिएको हो । 

‘नुवाकोट १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले अर्कै दलका उम्मेदवारलाई समर्थन गरेका छन् भन्ने भ्रामक लिखित सन्देश फैलाइएको सूचना प्राप्त गरेका छौँ । निर्वाचन अघिको अन्तिम कोशिसका रुपमा झुटो र हदैसम्मको भ्रामक सन्देश फैलाइएको हाम्रो ठहर छ’, सो पार्टीले आफ्नो आधिकारिक फेसबुकमा भनेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा कसैसँग कुनै पनि क्षेत्रमा तालमेल वा गठबन्धन नगरेको पनि स्पष्ट गरेको छ।

प्रतिकृया दिनुहोस्