×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कृषि उपजको बजारिकरणमा योजना बनाएर लाग्न सहकारीलाई आग्रह

कृषि उपजको बजारिकरणमा योजना बनाएर लाग्न सहकारीलाई आग्रह

चितवन-  कृषि उपजको बजारिकरण सम्बन्धी योजना बनाएर सहकारीहरु लाग्न विज्ञहरुले सुझाव दिएका छन् । फलफुल तथा तरकारी विकास आयोजनाले सौराहामा आयोजना गरेको ‘कृषि उपज बजार व्यवस्थापन’ सम्बन्धी तालिममा प्रशिक्षकहरुले कृषि उपजको बजारिकरणमा लाग्न जोड दिएका हुन् । 

प्रशिक्षक तथा नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मण प्रसाद पौडेलले कृषि बजार सञ्चालन मर्मत तथा समग्र बजार व्यवस्थानलाई बुझेर काम गर्न सहकारीहरुलाई सुझाव दिनुभएको छ । उहाँले लागत, उत्पादन  र नाफा विश्लेषणमा जोड दिनुभयो ।

प्रशिक्षक पुष्पराज शाहीले बजार सूचनाको पहुँचमा सहकारीहरु लाग्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्ना सदस्यहरुलाई समस्या नपर्ने गरि नेतृत्व तहले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सुहाँउदो बजार, ग्राहकको पहिचान, उत्पादक समुहको कृषि उपज बजारिकरण  र सामाग्री खरिदका लागि विशेष ध्यान दिनुभयो ।

फलफुल तथा तरकारी विकास आयोजनका कार्यक्रम म्यानेजर शिव श्रेष्ठले सहकारीहरुले व्यवसायीक योजना बनाएर लाग्न आग्रह गर्नुभएको छ । तीन दिनसम्म चितवनको सौराहमा सञ्चालन भएको ‘कृषि उपज बजार व्यवस्थापन’ सम्बन्धी तालिममा १२ वटा संस्था २५ वटा सहकारीका प्रतिनिधिको उपस्थिती थियो । सहकारी संस्थालाई कृषि बजारिकरणमा क्षमता अभिबृद्धि गर्ने कार्यक्रमको उदेश्यले रहेको फलफुल तथा तरकारी विकास आयोजनाका बजार विज्ञ  राजकुमार अधिकारीले जानकारी दिनुभयो ।

यस संस्थाले कृषि सहकारीको अभिबृद्धि गर्न तथा बजार केन्द्रको व्यवस्थित गर्न ११ जिल्लाका सहकारीहरुलाई प्रशिक्षण गर्दै आएको छ । यो परियोजनाका कार्यक्रमहरु गण्डकी र वाग्मतीका ३७ पालिकामा रहेका छन् । वाग्मतीका चितवन, धादिङ, मकवानपुर, सिन्धुली, काभ्रे, रामेछाप र गण्डकीका स्याङजा, कास्की, तनहुँ, गोरर्खा र नवलपरासी पूर्वमा यसका कार्यक्रम सञ्चालित छन् । 

प्रतिकृया दिनुहोस्