काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ७ दल र ३ स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् ।
उनले राष्ट्रपति समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै उनलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरकी हुन् । प्रधानमन्त्रीका रुपमा प्रचण्डको सोमबार बेलुकी ४ बजे शपथ ग्रहणको तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।