×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फ्रेन्च लिग : पीएसजीको सहज जित

फ्रेन्च लिग : पीएसजीको सहज जित

एजेन्सी - फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । शनिबार सम्पन्न खेलमा पीएसजीले नान्टसमाथि २–० को सहज जित निकालेको हो । 

केलियन एमबाप्पे बेन्चबाट मैदान छिरेर पेनाल्टीमा गोल गरेपछि पीएसजीको जित निश्चित भएको हो । 

सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारी गरेको एमबाप्पेलाई पीएसजीले प्लेईङ ११ बाहिर राखेको थियो । लुकास हर्नान्डेजले पीएसजीका लागि सुरुवाती गोल गरेका थिए । 

जित सहित पीएसजी लिगको उपाधि यात्रामा अघि बढेको छ । पीएसजीले दोस्रो स्थानको नाइससँग १४ अंकको स्पष्ट अग्रता सहित शीर्ष स्थानमा रहेको छ । 

मोनाकोका पूर्व खेलाडीको पीएसजीसँगको सम्झौता यस समरमा सकिदैछ । उनी स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा छ ।  

मध्य हप्तामा च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल सोसिडाडलाई हराउने क्रममा एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए ।
 

प्रतिकृया दिनुहोस्