×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतसँग इङल्याण्डले लियो बदला, दोस्रो खेलमा १०० रनको जित

भारतसँग इङल्याण्डले लियो बदला, दोस्रो खेलमा १०० रनको जित

काठमाडौँ- भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्याण्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्याण्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको भारत १४६ रनमा अलआउट भयो ।

भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९/२९ रन बनाए । बलिङतर्फ इङ्ल्याण्डका रेस टोप्लीले ६ विकेट लिए । उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनको मद्दतमा २४६ रन बनायो । भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २/२ विकेट लिए । जितसँगै ३ खेलको श्रृङ्खला १/१ को बराबरीमा पुगेको छ । यसअघि भएको टी-२० श्रृङ्खला भारतले २/१ ले जितेको थियो ।

प्रतिकृया दिनुहोस्