×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल टि-२० लिग : आज दुई खेल हुदैँ

नेपाल टि-२० लिग : आज दुई खेल हुदैँ

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेल हुदैछन। राजधानीमा जारी आजको पहिलो तथा प्रतियोगिताको पाँचौ खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्स बीचमा खेल हँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।

पहिलो खेलमा जित निकालेको काठमाडौं आजको खेलमा जित निकादै लगातार दोस्रो जित निकाल्न चाहान्छ । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाडौं १ खेलमा २ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलखेल्न लागेको फार वेस्ट पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । फार वेस्ट १ खेलमा अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ । 

पहिलो खेलमा पराजित विराटनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अल् स्टारसँग पराजित भएको हो । 

विराटनगर १ खेलमा अंक विहिन रहेर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

पहिलो खेलमा पोखराविरुद्ध सहज जित निकालेको रोयल्स लगातार दोस्रो जित निकाल्न चाहान्छ । रोयल्स १ खेलमा २ जितका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । 

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिकृया दिनुहोस्