×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएल : मुम्बईले बेंग्लोरलाई ६ विकेटले हरायो

आईपीएल : मुम्बईले बेंग्लोरलाई ६ विकेटले हरायो

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । 

वाङखडेमा टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

मुम्बईका सूर्यकुमार यादवले ८३, नेहाल वादेराले अविजित ५२ र इशान किशनले ४२ रन जोडे ।

त्यसअघि बेंग्लोरका कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले शतकीय साझेदारीमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

कप्तान फाफ डु प्लेसिसले ६५ तथा म्याक्सवेलले ६८ रन जोडे । जितसँगै मुम्बई ११ खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा बेंग्लोर १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्