काठमाडाैँ- सत्तारुढ पाँचदलीय गठबन्धनकाे तर्फबाट काठमाडाैँ महानगरपालिकाकाे मेयरका उम्मेदवार सिर्जना सिंहले अहिल्यै हार-जित नछुटिने बताएकी छिन् । बिहीवार काठमाडाैँ महानगरपालिकाकाे मतगणना स्थल राष्ट्रिय सभागृह पुगेकी उनले यस्ताे बताएकी हुन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेकी छन्, ‘मत गन्न बाँकी छ । अहिल्यै भन्नलाई हतार नगराैँ । मतगणना भएका वडाहरूमा भने याे भन्दाचाहिँ राम्राे हुनुपर्ने हाे जस्ताे लागेकाे थियाे ।’