×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कप क्रिकेट : साविक विजेता श्रीलंकाको विजयी सुरुआत

एसिया कप क्रिकेट : साविक विजेता श्रीलंकाको विजयी सुरुआत

काठमाडौं - साविक विजेता श्रीलंकाले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । श्रीलंकाले घरेलु मैदानमा पाहुना टोली बंगलादेशमाथि ५ विकेटको सहज जित निकालेको हो ।

बंगलादेशले दिएको १६५ रनको लक्ष्य श्रीलंकाले ३८.६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । श्रीलंकाले लगातार ११ एक दिवसीय क्रिकेटमा जित निकालेको छ ।

सुरुआत भने श्रीलंकाको खराब हेको थियो । ४३ रन बनाउँदा ३ विकेट गुमाएको श्रीलंकालाई सदिरा समरविक्रमाले सम्हालेका थिए । उनले ५४ रनको अर्धशतकीय पारि खेल्दा चरिथा असलंकाले पनि नटआउट अर्धशतकीय पारि खेलेर लक्ष्य पूरा गरे ।

उनले ६२ रन बनाउँदा कप्तान दासुन सनकाले १४ रनको नटआउट पारि खेले । यसैगरी पथुम निसनकाले १४ रन बनाएका थिए । बंगलादेशका लागि तक्सिन अहमद, सेरफुल इस्लाम र मेहदी हसनले एक एक विकेट लिँदा साकिव अल हसनले सर्वाधिक २ विकेट लिए ।

पहिला ब्याटिङ गरेको बंगलादेशले ४२.४ ओभरमा सवै विकेट गुमाएर १६४ रन बनाएको थियो । बंगलादेशका लागि नजमुल होसने सान्तोले ८९ रनको पारि खेलेका थिए । तविद हिरिदोले २० रन बनाउँदा मोहम्मद नइमले १६ रन बनाए ।

मुस्फिकुर रहिमले १३ रन बनाउँदा कप्तान हसनले ५ रनमात्रै जोडे । बंगलादेशमाथि श्रीलंकाका मथिसा पाथिरत्ना पुरै हावी भए । उनले सर्वाधिक ४ विकेट लिए भने महिषा तिक्ष्णाले २ विकेट लिँदा धनञ्जय डी सिल्भा, डुनिथ विलिज र दासुन सनकाले एक एक विकेट लिए ।

 

प्रतिकृया दिनुहोस्