विराटनगर- नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा सागर प्रसाई सहितका पदाधिकारीले सर्वसम्मत चयन भएका छन् ।
नेपाल जनस्वास्थ्य संघ प्रदेश १ को निर्वाचन कार्यतालिका अनुसार पदाधिकारीहरू निर्विरोध भएको निर्वाचन समितिले जनाएको हो । उजुरी, दाबी विरोध, फिर्ता गर्ने सम्बन्धमा सहमति भएपछि संघको पदाधिकारी घोषणा भएको हो ।
जसको अध्यक्षमा सागर प्रसाई, उपाध्यक्षमा ब्रजेशकुमार मेहता, सचिवका सूर्यनारायण चौधरी, सहसचिवमा प्रवीण यादव, कोषाध्यक्षमा देवेन्द्र भट्टराई चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा संगीता अधिकारी, लक्ष्मी शाक्य, कृष्णप्रसाद बजगाईं, राजेन्द्र कुईकेल, गजेन्द्र प्रसाद यादव र धीरेन्द्र खड्का चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदावधि २ वर्षको हुनेछ । हरेक २ वर्षमा हुने निर्वाचनले नयाँ नेतृत्व गयन गर्ने व्यवस्था छ।