पोखरा- नेपाली कांग्रेसले गोरखाका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडाका उम्मेदवार टुङ्गो लगाएको छ । जिल्ला कार्यसमितिमा राती अबेरसम्म बसेको बैठकले टिकट वितरण गरेको हो । अधिकांश पुरानै अनुहार छन् भने केहीमा नयाँ थपिएका छन् ।
गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीलाई दोहोर्याइएको छ । धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बन्ने भएका छन् । दुवैजना दोहोरिएका हुन् ।
सिरानचोक गाउँपालिकामा अध्यक्ष नयाँ ल्याइएको छ भने उपाध्यक्ष पुरानै हुन् । अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रिता देवकोटालाई टिकट दिइएको हो । अजिरकोट गाउँपालिका अध्यक्षमा गोविन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ उम्मेदवार बनेका छन् ।
भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । दुवैजना नयाँ अनुहार हुन् । आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपालीले टिकट पाए । अध्यक्ष गुरुङ नयाँ हुन् भने उपाध्यक्ष नेपाली दोहोरिएकी हुन् ।
चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङले टिकट पाए भने उपाध्यक्ष चयन हुन् बाँकी छ । बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले उम्मेदवार बनेका छन् भने उपाध्यक्ष बाँकी छ । यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष टुङ्गिन बाँकी छ । नगरपालिकाको भने प्रदेश कमिटीले टुङ्गो लगाउने छ ।