×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आगामी केही हप्ता जोखिमपूर्णः डब्ल्युएचओ

आगामी केही हप्ता जोखिमपूर्णः डब्ल्युएचओ

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसेसले धेरै देशका लागि आगामी केही हप्ता निकै जोखिमपूर्ण रहेको बताएका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभर नै अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले केही साता धेरै देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने उनको भनाइ छ ।

ओमिक्रोनको फैलिने क्रमलाई रोक्न उनले सबैलाई सकेको मद्दत गर्न अपिल पनि गरे । उनले ओमिक्रोनबाट बच्ने सहज उपाय खोप भएकाले खोप नलगाएकाहरुलाई खोप लगाउन पनि उनले आग्रह गरेका छन् । उनले ओमिक्रोन पछि पनि अन्य नयाँ भेरिएन्टहरु देखिन सक्ने चेतावनी पनि दिए । ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उनले बताएका छन् । उनले ओमिक्रोनलाई वेवास्ता गर्न नहुनेमा जोड दिए ।

यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक भनेर ओमिक्रोनलाई कम नआँक्न उनले सचेत गराएका हुन् । नियमित पत्रकार सम्मेलनमा उनले विश्वका धेरै मानिस अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेकाले ओमिक्रोनलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउनसक्ने चेतावनी दिए । ‘ओमिक्रोनका कारण विरामी अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ’ टेड्रोसले भने ।

प्रतिकृया दिनुहोस्