काठमाडौं - सुदूरपश्चिम विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ आठौँ सेमेस्टरमा अध्ययनरत २३ वर्षीय गोविन्द रेग्मी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र मृत अवस्थामा फेला परेका छन्। ११ चैत २०८२ देखि बेपत्ता रहेका अछामका रेग्मीको शव हराएको ६३ औँ दिनमा (१३ जेठ) नेपाली सेनाको गस्ती टोलीले झुन्डिएको अवस्थामा फेला पारेको हो।
उनका रुममेटका अनुसार केही विषयको परीक्षा बिग्रिएका कारण उनी वर्ष खेर जाने र घरबाट बारम्बार खर्च मागिरहनुपर्ने मानसिक तनावमा थिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल पठाएको छ र घटनाबारे थप अनुसन्धान गरिरहेको छ।