सुजता अम्गाई - यति फराकिलो संसारमा आफन्तको मन जस्तै संकुचित र साघुँरो भएको छ, सामाजिक सञ्जाल । बढ्दो प्रविधिको सकारात्मक र नकारात्मक प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको हामी सबैलाई अवगत नै छ । पहिले सहज बनाउने यस्ता कुनै पनि प्रविधिको विकास नहुँदा समाज र संस्कृतीको अर्कै महत्व थियो । तर, अहिले बढ्दो विकास सँगसँगै यस्ता कुराहरुको महत्व घट्दै गएको पाइन्छ । आजको यो २१ औं शताब्दी सूचना र प्रविधिको शताब्दी हो । प्रविधिकै कारण हामी जुन कुनामा भए पनि संसारभर रहेका करोडौं मानिसहरूसँग सम्पर्कमा रहन सक्छौँ भने आफ्ना विचार, भावनाहरू साटासाट गर्न सक्छौँ ।
बिहान उठेदेखि बेलुकी रातिसम्म हामी सामाजिक सञ्जालमा नै लिप्त हुन्छौँ, यो क्षेत्र प्रतिको झुकाव युवापुस्तामा झनै बढिरहेको छ । बिहान उठेर गुड मर्निङ पोस्टदेखि खाना खाजाको हुँदै शुभरात्री पनि सामाजिक सञ्जालमै हुन्छ । यस्तो देखिँदै छ कि कतिपयलाई यति नगरि निद्रा नै पर्दैन । अहिलेको बढ्दो प्रविधि युवापुस्तामा मात्र सीमित रहेन । घर(घरमा परिवारका सदस्य सामाजिक सञ्जालमा छन् । जसकारण अभिभावकले आफ्नो छोरोछोरीलाई समेत ध्यान दिन सकिरहेका हुँदैनन्, परिणाम छोराछोरीले गलत कदम चालेको पत्तै हुँदैन ।
सामाजिक सञ्जालकै कारण एउटै परिवारका सदस्य एउटै कोठामा भएर पनि सुख-दुस्खको संवाद हुँदैन । भर्चुअल जिन्दगी निकै साँघुरो भइसके छ । आजकल घरमा कोही पाहुनाको आगमन भयो भने हालखबर भन्दा पहिले यहाँ वाइफाइको पासवर्ड छ कि छैन भनेर सोध्ने गरिन्छ । वाइफाइ र फेसबुक भएपछि पाहुना आएको हो कि कुनै शोकशभामा भेला भएको हो छुट्टाउन नै गाह्रो हुन्छ । तर हिँड्ने बेला लिइएको तस्बिर जब सामाजिक सञ्जालमा देखिन्छ तब चैँ प्रस्ट हुन्छ आफ्नोमा कोही पाहुना आएको रहेछन् भन्ने । मानिसलाई फेसबुकमा तस्बिर देखाउने हतारो यतिसम्म हुन्छ कि कोही मानिस दुर्घटनामा परेर चिच्याउदै गरेको छ भने त्यहाँ उसको करुण पुकार सुनेर सहयोग गर्नेभन्दा उसको कारुणिक तस्बिर लिने हातहरू अगाडि आइरहेको हुन्छ । यस्तो लाग्छ तेहा कुनै फिल्मको सुटिङग चलिरहेको छ । कोही मानिसको मृत्यु भयो भने लासको फोटो मिलाई मिलाई खिचेर रिप लेख्दै आफ्नो फेसबुकमा पोस्ट गर्ने गर्ने गर्दछन् । मृतकको आफन्तले देखे उनीहरूको हृदयमा कस्तो चोट पुग्छ भन्ने पटक्कै हेक्का राख्दैनन् । कोही मानिस बिरामी भेट्न आए भने उनीहरूलाई बिरामी को हालत जे जस्तो भएपनी एउटा सेल्फी लिनकै हतारो हुन्छ । बुवाआमाको खबरसम्म नसोध्ने छोराछोरीले आमाबुवाको तस्बिर फेसबुकमा पोस्ट गरिरहेका हुन्छन् । त्यो पनि विशेषगरि आमाबुवाको मुख हेर्ने दिनमा ।मानिसमा रहेको मानवीय संवेदना यतिसम्म हराउँदै गएको छ कि आफूले नदेखेको व्यक्तिसँग च्याटमा बोलेको भरमा मान्छे नाङ्गो हुन तयार हुन्छन् । कतिपय युवायुवतीहरू सामाजिक सञ्जालको माध्यमबाट झुटो विवाह बन्धनमा बाँधिएका छन् भने कतिपय हत्या तथा मानसिक हिंसाको सिकार भएका छन् । सामाजिक सञ्जालले मानिसको सोच्ने शक्तिमा यतिसम्म ह्रास ल्याएको छ कि आजकल मान्छेहरू सबै सामु भाइरल हुने चाहमा विभिन्न झुटो नाटकहरू गर्नसम्म पछि परेका छैनन् । धेरै कुरा आज पनि याद छ ती दिनहरू यही सामाजिक सञ्जालको दलदलको कारण आफन्त नै पराइ भएको ।
सामाजिक सञ्जालले सारा संसारलाई जति जोडेको छ । नियालेर हेर्ने हो भने त्यति नै तोडेको पनि छ । आजभोलि सामाजिक सञ्जालमा होडबाजी चलेको छ । कसको धेरै फलोअर्स लाइक कमेन्टको लागि हदैसम्म त ठिकै हो, तर हदभन्दा माथि पुगेर विभिन्न हर्कत गर्ने जुन समाजले पचाउन सक्दैन् १ सामाजिक सञ्जाललाई सामाजिक भन्ने कि नभन्ने रु जसले समाजलाई पचाउन गाह्रो हुने कुरा दिइराखेको छ । एउटै परिवार बसेर कुनै भिडियो हेर्ने क्रममा उठेर हिँड्नपर्छ । आफन्तको अगाडि न त फेसबुक हेर्न सकिन्छ न त युट्युब १ कसैले स्ट्याटस राख्छन् र ।
आफ्नै तर्क ठिक हो भन्ने भ्रम पैदा गरेको छ । छिटोको बाठो र को ज्ञाता बन्ने होड चलेको छ । एकलाई अर्कोको कुरा चित्त बुझेन भने भए-भरको गाली र आक्रोश अर्को माथि पोखिन्छ । आज एउटा फोटोको कमेन्टबाट लेख्दा प्रिय बनेको साथी भोलि अर्को फोटो राख्दासम्म दुश्मन भइसक्छ भने यसलाई कसरी सामाजिक भन्ने रु विभिन्न नकारात्मक सोंचहरू सिर्जना गर्न विवेकलाई घटाउने र आवेगलाई बढाउने सञ्जाललाई कसरी सामाजिक भन्ने रु तथ्यभन्दा तर्कले जितेर कालोलाई सेतो र सेतोलाई कालो बनाउने युवा पुस्ताले संयम के हो, कसरी बुझ्ला र ? चेतनाभन्दा बढी उत्तेजना, स्नेहभन्दा बढी घृणा, आलोचना, भास, आवेग र आक्रोशले यतिसम्म जरा गाडेको छ कि यसलाई बदल्न आफू स्वयं मात्र बदल्नु पर्छ ।
आफूले मन लागेको खाना पाइन्छ, मन लागेको गर्न पाइन्छ । जीवन जिउने सबैलाई स्वतन्त्रता छ । तर स्वतन्त्रता छ भन्दैमा आफ्नो नैतिकता र सामाजिक प्राणी हो भन्ने हैसियत बिर्सिँदा हामी यो युवा पुस्ताले देख्ने भोलि कस्तो होला रु
नास्टे रोबर्ट मार्लीले भनेका थिए – आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ? मेरो मनमा प्रश्न पनि यही उठिरहेको छ । के साँच्चै हामी सामाजिक सञ्जाललाई बिर्सेर खुसी हुन सकौला ? हामीले सामाजिक सञ्जालमा गरिएका माया प्रेमका कुराहरू भाइरल हुन गरिएका अनेकौँ हर्कतहरु खोक्रा नै होइनन् र रु टाढा-टाढा बसेका मानिससँग बोलिएको मिठा कुराले बिरामी भको बेलामा एक गिलास तातो पानी आउला र ? यति मात्र होइन – सामाजिक सञ्जालमा एउटाले लेखेको कुरा अर्कोले मन परेन वा आलोचना गर्यो भने लेख्ने मान्छे नै चिन्तित हुन्छ । उसले खाली मलाई आलोचना गर्यो, गाली गर्यो, मेरो तर्कमा सहमति जनाएनन् इत्यादि सम्झन्छ अनि त्यही कुरामा उसले आफ्नो समय नै बवार्द गर्छ ।
मानिस सबैभन्दा चेतनशील प्राणी भएर पनि किन अरूबाट परिचालित भइरहेका छन् रु सामाजिक सञ्जाल हामीले होइन, सामाजिक सञ्जालले चाहिँ हामीलाई चलाइरहेको छ । जबकि तपाई हाँस्ने, रमाउने, खुसी हुने, दुःखी हुने तपाईँको व्यक्तिगत कुरा हो । अरूले आफ्नो कुरामा सहमति नजनाएकै भरमा, मन नपराएकै भरमा रिसाउने, दुःखी हुने गर्न थालियो भने त आफू नै रहिन्छ र ?
सामाजिक सञ्जालमा पोस्ट भएका फोटो क्याप्सन र टिकटकको भिडियोहरूमा आएको कमेन्टले रातभर सुत्न नसकेको मानिसहरु पनि प्रशस्तै भेट्न सकिन्छ । कोही त डिप्रेसनको सिकार बनेका छन् । सञ्जालमा युवापुस्ता देख्दा यस्तो लाग्छ, यी आफूलाई मन नपर्ने सब चिज अतिवादी हो र नपर्ने सहीवाद हो । भलै मान्छे सद्भावले नै प्रतिकृयावादी हो तर सञ्जाल हेर्ने हो भने अध्ययन, अनुसन्धान, तथ्य र विश्लेषण बिनै हरेक मान्छे हरेक कुरामा प्रतिक्रिया दिन चाहन्छ । त्यो पनि बेग, तेजमा अरू सबैलाई तल पारेर। सामाजिक सञ्जालमा लिप्त भएर कतिपय आमालाई आफ्नो बच्चा स्याहार्ने फुर्सद छैन त कतिपय बुवालाई आफ्नो परिवारलाई दिने समय छैन । जसको कारण कतिपय छोराछोरीहरू विभिन्न कुलतमा पनि लाग्ने गरेको छन् । कतिसँग आफ्नो पढाईलाई दिने समय छैन त कतिसँग आफ्नो आफन्त र साथीभाइलाई दिने समय छैन । सामाजिक सञ्जालको अधिक प्रयोगले आजकल मानिसहरू आफ्नाहरूसँग अपरिचित अनि पराई माझ लोकप्रिय बन्दै गइरहेका छन्। सामाजिक सञ्जालको माध्यमबाट आजकल कतिपय निर्दोष व्यक्तिको चरित्र हत्या पनि हुने गरेको छ ।
मानिसहरू स्पष्ट कुरा नै नबुझी फेसबुक र युट्युबमा कोही व्यक्तिको बारेमा बोल्छन् अनि उसको बारेमा गलत धारण बनाउछ्न ।अलिकति पनि सोच्दैनन् कि त्यो पीडित व्यक्तिमा कस्तो असर गर्ला उसको सामाजिक इज्जत प्रतिष्ठामा कस्तो दाग लाग्ला भन्ने । सामाजिक सञ्जालमा घन्टौ कुरा गर्ने सक्ने मानिस प्रत्यक्ष भेटमा भने एक शब्द उच्चारण गर्न पनि गाह्रो मान्ने हुन्छन् । यसरी सामाजिक सञ्जालको खराब सञ्जालमा मान्छे धेरै हदसम्म कैद भैसकेको छ । चाहेर पनि त्यो बन्धनलाई मान्छेले सजिलैसँग तोड्न सक्दैनन् होला ।
कोही मान्छे मन परेको छैन भने उसको कुरै नसुनी विषय नै नबुझी विश्लेषण त परै जाओस्, ‘अन्दाज र अड्कल’को भरमा आक्रोश पोख्न, गाली र निन्दा गर्न तम्सन्छन् । सञ्जालको कुरा गर्दै गर्दा यसै सञ्जालका सहयोगबाट गरिने र गरिएका कामहरु जस्तो – रक्तदानमा सेवा पुर्याउने, हराएका चिजहरू भेट्टाउन सहज हुने, विपन्न, गरिब, र बिरामीलाई सहयोग गर्नेजस्ता अनेकौँ कामहरू यस सञ्जालबाट भएका छन् । यसलाई नजरअन्दाज गर्न कदापि सकिँदैन, गरियो भने अन्याय हुन जान्छ।
उदाहरणको लागि मानौँ, श्रीमान विदेशमा श्रीमती छोरा छोडेर अर्केसँग फरार अनि यही सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चर्चाका लागि अर्काको जीवनको महत्व बुझ्दैन । यथार्थ नबुझि बहकाउमा आएर व्यक्तिगत स्वार्थको लागि हेर्न र पढ्न नसक्ने हेडलाइन राखी पोस्ट गर्छन् – पोस्टमा गएर उसको कुरा चित्त नबुझेकै भरमा, पोस्ट मन नपरेकै भरमा तथानाम गाली गर्छन् भने यस सञ्जाललाई कसरी सामाजिक सञ्जाल भन्ने रु सहयोग र सद्भाव नभई सामाजिक बन्न सकिँदैन, यहाँ सहयोग भयो र सद्भाव भएन । शब्द त भयो तर अर्थ रहेन । त्यसैले यो सञ्जाल सामाजिक सञ्जाल हुनबाट चुक्यो । यसले सामाजिक शब्दको परिभाषा माथि नै अन्याय गर्यो ।
सामाजिक सञ्जालको प्रयोगले हामी आफूले आफैँलाई आफूबाट टाढा पनि बनाइरहेका छौँ । सामाजिक सञ्जालकै दुरुपयोगका कारण थुप्रै आत्महत्या, हत्याका घटनाहरू सु्न्न र पढ्न पाइन्छ । सूचना, प्रविधि र सोसल नेटवर्कले मान्छेलाई दासी बनाएको छ । जसको प्रयोगबाट मानिसहरू अल्छी एवं परनिर्भर समेत भएका छन् । सामाजिक सञ्जाल किन बन्यो किनकि मानव सभ्यतालाई झन् विकासोन्मुख बनाउन सहयोग गर्न, काम छिटो छरितो बनाउन । यसको सही सदुपयोग गरौँ, सबैलाई सम्मान दिऊँ ।