×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेकपाको प्रतिवद्धतापत्र: ७ प्रदेश ७ हब, पूर्वमा उद्योग र सुदूरमा पर्यावरणीय पर्यटन

नेकपाको प्रतिवद्धतापत्र: ७ प्रदेश ७ हब, पूर्वमा उद्योग र सुदूरमा पर्यावरणीय पर्यटन

काठमाण्डौ । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ल्याएको चुनावी प्रतिबद्धतामा सातै प्रदेशमा उद्यमशीलता अध्ययन र तथा परियोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।  नेकपाले मंगलबार जारी गरेको चुनावी प्रतिबद्धतापत्रमा सबै प्रदेशहरूको विशेषता अनुसार विस्तृत अध्ययन गरी परियोजना विकास गरिने जनाएको छ। जसमा कोसी प्रदेशलाई उद्योग तथा पर्यटन हबका रुपमा विकास गरिने उल्लेख छ । जहाँ चिया, कृषि प्रशोधन केन्द्र, साहसिक पर्यटन, हस्तकला उद्यम तथा पूर्वी नेपाल पर्यटन सर्किट विकास गरिने जनाइएको छ । 

मधेस प्रदेशलाई कृषि तथा धार्मिक पर्यटन हब बनाइने भएको छ। कृषि प्रशोधन तथा धार्मिक पर्यटन सर्किट (जानकी मन्दिर, बौद्ध क्षेत्र आदि) बनाउने नेकपाले प्रतिबद्धता गरेको छ ।  बागमती प्रदेशलाई शहरी / आईटी तथा नवप्रवर्तन हबका रुपमा विकास गर्ने योजना अघि सारेको छ। यसमा आईटी स्टार्टअप, ई-कमर्स, नवप्रवर्तन केन्द्र तथा काठमाडौँ उपत्यकामा डिजिटल अर्थतन्त्र विकास गर्ने योजना बनाएको छ ।  त्यस्तै, गण्डकी प्रदेशलाई पर्यटन तथा जलविद्युत हब बनाउने नेकपाले प्रतिबद्धता जनाएको छ ।

सांस्कृतिक, साहसिक पर्यटन, व्यावसायीकरण, त्रिभुज पर्यटन परियोजना तथा जलविद्युत् विकास गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।  लुम्बिनी प्रदेशलाई कृषि तथा धार्मिक पर्यटन हबका रुपमा विकास गर्ने नेकपाको योजना छ। जहाँ मेगा फूड पार्क, कृषि प्रशोधन तथा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटनको योजना अघि सारिएको छ ।  नेकपाले कर्णाली प्रदेशलाई जडीबुटी, फलफूल तथा इको-टुरिज्म हबका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ। जडीबुटी प्रशोधन केन्द्र, फलफूल व्यावसायिक खेती तथा इको-टुरिज्ममा जोड दिइने भनेको छ । 
सुदूरपश्चिम प्रदेशलाई धार्मिक तथा पर्यावरणीय पर्यटन र कृषि हब बनाउने नेकपाको प्रतिबद्धतापत्रमा उल्लेख छ । जहाँ पर्यावरणीय पर्यटन, धार्मिक पर्यटन, कृषि प्रशोधन तथा स्थानीय रक्सी, कृषि उत्पादन व्यावसायीकरण गर्ने योजना अघि सारेको छ ।

प्रतिकृया दिनुहोस्