सोलुखुम्बु - सोलुखुम्बुमा एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई जुत्ताको माला लगाएर कालोमोसो दलेका छन्।
सोलुखुम्बुको सोताङ गाउँ पालिका कमिटीका नेता-कार्यकर्ताले आफ्नै पार्टीका दुई वडाध्यक्षलाई जुत्ताको माला लगाएर कालोमोसो दलेका हुन्।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीबाट विजयी सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई र वडा नम्बर-४ का सन्देश तामाङलाई कांग्रेससँग मिलेमतो गरेर चुनावमा कांग्रेसलाई भोट हालेको भन्दै एमालेका नेता-कार्यकर्ताले जुत्ताको माला लगाएर कालोमोसो दलेका प्राप्त समाचारमा जनाइएको छ।
यसैबीच नेकपा एमालेको पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका थिए ।
‘पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता,मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको उनको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई नेपाली कांग्रेसका सोताङ गाउँपालिका वडा नम्बर २ का पराजित अध्यक्षका उम्मेदवार उत्तमप्रसाद नाछिरीङले पच्चीस हजार दिने र गरी पांच हजार अग्रीम दिएको दावीसमेत गरिएको छ ।