×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्ष भण्डारी बनाउने सहमती

एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्ष भण्डारी बनाउने सहमती

धनगढी - नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद दामोदर भण्डारीलाई सर्वसम्मत गरिने भएको छ । सोमबार ललितपुरस्थित सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्ट सहितका केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले भण्डारीलाई प्रदेश अध्यक्ष बनाउने सहमति गरेको हो । भण्डारी दुई पटक प्रतिनिधि सभा सदस्य, संघीय सरकारको अर्थराज्यमन्त्री र बैतडीमा १० वर्ष पार्टीको नेतृत्व समेत भइसकेकोले प्रदेशको जिम्मेवारी दिइनु पर्ने बताइएको छ । 

भण्डारी नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।भण्डारी नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए । १० औं महाधिवेशन लगत्तै प्रदेश अध्यक्ष बनाउने सहमति भएपछि भण्डारी यसपटक केन्द्रीय सदस्यको उम्मेदवार नहुने भएका छन् स्रोत बताएको छ ।

सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १७ जना केन्द्रीय सदस्यमध्ये अधिकांशको सो बैठकमा उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्