काठमाडौं – माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका डा. निकोलश भुसालसहितका युवालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले भुसाल र एसपी साहसहितका प्रदर्शनकारीलाई प्रदर्शन गर्न नदिई पक्राउ गरी भ्यानमा राखेको हो।
जेन-जीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा डा. भुसाल भने प्रदर्शन गर्ने अडानसहित माइतीघर पुगेका थिए। तर, प्रहरीले कडा सुरक्षा व्यवस्थाका साथ कसैलाई पनि प्रदर्शन गर्न दिएन।
भुसालले बिहान ११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका थिए। उनले प्रधानमन्त्री र गृहमन्त्रीले सहिदका र जेन-जीका माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने माग राखेका छन्। उनले सरकार आफैँ चलाउने भन्दै जेन-जीका माग पूरा गर्न संविधान संशोधन पनि गर्ने बताएका थिए।