×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु 

अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु 

अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् । 

सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए। 

बाल्ख प्रान्तको सदरमुकाम मजार-ए-सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिंसात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् । 

प्रतिकृया दिनुहोस्