×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना संक्रमणबाट कर्णालीमा ८ जनाको मृत्यु

कोरोना संक्रमणबाट कर्णालीमा  ८ जनाको मृत्यु

बिरेन्द्रनगर - कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र एक महिला रहेकी छन् । जसमध्ये पाँच जना सुर्खेत, एक जना सल्यान, एक दैलेख र एक जना रुकुम पश्चिमका रहेका छन् ।  


मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–५ का ६० वर्षीय पुरुष, वीरेन्द्रनगर नगरपालिका –८ का ६३ वर्षीय पुरुष,  लेकवेशी नगरपालिका –१ का ४५ वर्षीय पुरुष वीरेन्द्रनगर –११ का ५१ वर्षीय पुरुष, वीरेन्द्रनगर– १२ का ४० वर्षीय पुरुष रहेका छन् । सुर्खेतका ५ जनाको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको डा. खड्काले बताए । 

यस्तै सल्यानको सिद्ध कुमाख गाउँपालिका– २ का ४२ वर्षीय पुरुषको सल्यान अस्पताल  र रुकुम पश्चिमको मुसिकोट– ४ का ६० वर्षीय पुरुषको जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो । दैलेखको नारायण नगरपालिका – ६ की २७ वर्षीय महिलाको जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो ।   

प्रतिकृया दिनुहोस्