काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।
यसअघि आफूभन्दा १८ महिना जुनियर धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाइएपछि उनी असन्तुष्ट थिए । त्यसलगत्तै उनले सिंहलाई हटाएर आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतले उनको रिट २७ असारमा खारेज गरिदिएको थियो । त्यससँगै सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय सदर भएको थियो ।
उनी २० साउन बिसमा उमेर हदको कारण अनिवार्य अबकासमा जदै थिए । यसअघि पनि महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका थिए । त्यसबेला सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएको थियो ।