काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले कार्य विभागमा कार्यरत एआईजी सहकुलबहादुर थापाको कमाण्ड केन्द्रीय निर्वाचन सेल गठन गरेको हो ।
केन्द्रीय निर्वाचन सेल गठन भएसँगै एआईजी थापाकै कमाण्ड मातहतमा अन्य निर्वाचन सुरक्षा समितिहरुले काम गर्ने छन् । केन्द्रीय निर्वाचन सेलले चुनावी सुरक्षा रणनीति बनाएर काम गर्नेछ । थापा नेतृत्वकै सेलले चुनावी सुरक्षाका बारेमा केन्द्रबाट प्रदेश र जिल्लाहरुमा आवश्यक सहकार्य र सहजीकरण गर्ने छ ।