×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जसपा विवाद : आयोगले दिएन आधिकारिकता, ठाकुर र यादव रहेको कमिटी कायम

जसपा विवाद : आयोगले दिएन आधिकारिकता, ठाकुर र यादव रहेको कमिटी कायम

जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादमा निर्वाचन आयोगले कुनै पनि पक्षलाई आधिकारिकता दिएन ।

आयोगको आइतबार बसेको बैठकले जसपाको दुवै समूहले एक अर्कालाई कारबाही गरेको विधानसमवत नदेखिएको भन्दै कुनै एक पक्षलाई आधिकारिकता दिन अस्वीकार गरेको हो । 

आयोगले पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको केन्द्रीय कार्यकारिणी कमिटी नै आधिकारिक कमिटी भएको ठहर गरेको छ ।

यसअघि उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसमेत चार जना पदाधिकारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । त्यसैगरी महन्थ ठाकुर समूहले पनि उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।  

एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न नसहिने अयोगको निष्कर्ष रहेको छ । अयोगले भनेको छ, एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरी दिन भनी जानकारी गराएको विषयलाई कानुन र दलको विधान सम्मत मान मिलेन ।

प्रतिकृया दिनुहोस्