×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालुवाटारमा राष्ट्रपति उम्मेदवार चयनलगायतका लागि छलफल हुँदै

बालुवाटारमा राष्ट्रपति उम्मेदवार चयनलगायतका लागि छलफल हुँदै

काठमाडौं-समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

त्यसैगरी, बैठकमा मन्त्रिपरिषद् पूर्णताबारे यसअघिको बैठकमा पनि छलफल भएकाले आज पनि त्यसमा छलफल हुने भएको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्षनेताहरू सहभागी हुनुहुन्छ ।   

प्रतिकृया दिनुहोस्