काठमाडौं - चक्कु प्रहार गरेर कपनमा ३५ वर्षिया महिलाको हत्या भएको छ। काठमाडौँको कपनको सरस्वतीनगरमा चक्कु हानेर बागलुङ बडिगाड गाउँपालिकाकी निरा आचार्यको हत्या भएको हो।
बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा चक्कु हानेर गम्भीर घाइते भएको अवस्थामा उनी फेला परेकी थिइन्।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।
आचार्यलाई कसले चक्कु हानेर घाइते बनाएको केही खुलेको छैन।