×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकैदिनमा २५ सयले बढ्दै प्रति तोला २ लाख १० हजार ४ सयमा नयाँ रेकर्ड

एकैदिनमा २५ सयले बढ्दै प्रति तोला २ लाख १० हजार ४ सयमा नयाँ रेकर्ड

काठमाण्डौ – सुन र चाँदीको भाउले आज नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज एकैदिनमा दुई हजार पाँच सय रुपैयाँले बढेर प्रति तोला दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ दुई लाख सात हजार नौ सय रुपैयाँ प्रति तोला रहेको थियो।

यसैगरी, चाँदीको भाउले पनि नयाँ उचाइ चुमेको छ। आज चाँदी प्रति तोला १० रुपैयाँ बढेर दुई हजार चार सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ दुई हजार चार सय ८० रुपैयाँ प्रति तोला थियो।

प्रतिकृया दिनुहोस्