×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्पतालमा उपचार गराएको भन्दै चर्चमै कुटिइन् क्यान्सरपीडित महिला

अस्पतालमा उपचार गराएको भन्दै चर्चमै कुटिइन् क्यान्सरपीडित महिला

भरतपुरको क्यान्सर अस्पतालबाट उपचार गराएकी चर्चमा फर्किएकी एक महिलामाथि चर्चकै पास्टरले कुटपिट गरेका छन् । लामो समयदेखि क्यान्सरबाट ग्रसित महिलालाई अस्पतालमा उपचार गराउन हुँदैन भनेर कसम खुवाएको भए पनि गाह्रो भएपछि भाइको साहरामा एक महिनाअघि भरत क्यान्स अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । 

शल्यक्रियापछि चर्चमा फर्किँदा अस्पतालमा गएर उपचार किन गराएको भन्दै दक्षिण भारतीय विजय नाम गरेका पास्चरले लमजुङको एक चर्चमा कुटपिट गरेका हुन् । २२ वर्षको उमेदेखि नै क्रिश्‍चियन बनेकी ती महिलालाई लामो समयदेखि क्यान्सरको समस्या रहेको थियो । 

क्यान्सरकै कारणको पाठेघर पनि कुहिएको चिकित्सकहरुले बताएका थिए । पीडित महिलाले आफू अस्पतालबाट चर्चमा फर्किँदा पास्टरहरुले कुटपिट गरेको बताएकी छन् । 

उनले भनिन्, "म २२ वर्षको उमेरदेखि क्रिश्‍चियन बनेकी थिएँ । मलाई लामो समयदेखि स्तन क्यान्सरको समस्या थियो । मैले पास्चरलाई समस्या भएको भन्दै बारम्बार भन्दा पनि अस्पताल जान हुँदैन भनेर कसन खुवाउनु भएको थियो । प्रार्थना गरेर ठिक हुन्छ भन्‍नुभयो । मैले सबैलाई प्रार्थना गर्न आग्रह गर्दा पनि कसैले प्रार्थना पनि गरिदिनु भएन । निकै समस्या भएपछि म अस्पताल गएकी थिएँ । अस्पतालमा मेरो स्तन क्यान्सरको शल्यक्रिया गरेर चर्चमा फर्किँदा कुटपिट गरिएको हो ।" 

उनले आफूले चर्चमा जीवन समर्पण गरेको बताएकी छन् । 

प्रतिकृया दिनुहोस्