×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चन्दा बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा

चन्दा बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपासँग एकता गरेको दुई दिनपछि नै शुक्रबार मिश्रले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

उनी २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली काँग्रेसका प्रकाशमान सिंह १० हजार १३७ मतका साथ निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्