×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

अर्घाखाँची समाज जापानले नेपाली नयां वर्षमा सांस्कृतीक कार्यक्रम गर्ने

अर्घाखाँची समाज जापानले नेपाली नयां वर्षमा सांस्कृतीक कार्यक्रम गर्ने

टोकियो ।  अर्घाखाची समाज जापानको पहिलो बैठकले नेपाली नयां वर्षमा सास्कृतीक कार्यक्रम गर्ने तय गरेको छ । आईतबार टोकियोको ओकुबोमा बसेको नयां कार्यसमितीको पहिलो बैठकले बार्षिक कार्ययोजना प्रस्तुत गर्दै आगामी अप्रिल १२ तारीख नेपाली कलाकारको साथमा सांस्कृतीक कार्यक्रम गर्ने भएको छ ।

बैठकले समाजका गतिबिधीलाई प्रभावकारी बनाउने उद्देश्यले ६ वटा बिभाग गठन गरी जिम्मेवारी तोकिएको समाजका महासचिव अबिनास जिसीले जानकारी दिनुभयो । जसमा सदस्यता वितरण तथा अभिलेखीकरण विभाग, प्रचार–प्रसार तथा प्रकाशन विभाग, क्षेत्रीय समिति समन्वय तथा विस्तार विभाग, महिला विभाग, आर्थिक विभाग, युवा तथा विद्यार्थी विभाग गठन गरेको छ । 

त्यस्तै समाजले अर्घाखाची जिल्लामा त्यहाको अवस्था र आवश्यकतालाई बुझेर स्वास्थ्य शिबीर संचालन गर्ने समाजका अध्यक्ष टोपबहादुर घर्ती मगर बताउनुभयो ।  बिगतका कार्यक्रमको निरन्तरता दिदै BBQ,तीज कार्यक्रम, देउसी भैलो,  अक्षयकोष वृद्धि, आर्थिक समन्वय समिति लाई थप व्यवस्थित गर्ने अध्यक्ष मगरले जानकारी दिनुभयो । 

अक्षयकोष वृद्धिका लागी हाल कायम रहेका ९४ जना आजीवन सदस्य संख्यालाई बढाएर  एक वर्षभित्र १५० जना पुर्‍याउने लक्ष्य रहेको समाजका कोषाध्यक्ष निरञ्जन खड्काले जानकारी दिनुभयो  । त्यसैगरी समाजको पहिलो बैठकले सल्लाहकार समितिमा सोम थापा र मनीष खनाललाई मनोनित गरेको छ ।

प्रतिकृया दिनुहोस्