×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढीमा मोटरसाइकल ठोक्किदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

धनगढीमा मोटरसाइकल ठोक्किदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

काठमाडौं - कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।

उनी मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको डीएसपी बोहराले बताए ।

डीएसपी बोहराका अनुसार धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको मोटरसाइकल र शर्मिलाले चलाएको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

बडीमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार मृतक खत्री तालिमको लागि ९ गते धनगढी पुगेका थिए ।

प्रतिकृया दिनुहोस्