काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा क्रस पार्टी काम गर्ने अभ्यासको सुरवात हुनुपर्ने बताएका छन् । सबै विषयमा पार्टीले ह्वीप लगाउनु नपर्ने बताउँदै अहिलेसम्म संसदमा ह्वीपको गलगत अभ्यास हुँदै आएको बताए ।
उनले भने, ‘हामीकहाँ ह्वीपको गलत अभ्यास भएको छ । सांसदहरूको विधायकको रूपमा काम गर्न चुक्छौँ । क्रस पार्टी काम गर्दैनौँ ।’ शपथग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले संसदमा क्रस पार्टी काम गर्ने अभ्यासको सुरवातत गर्दै नयाँ सांसदहरूसँग मिलेर गर्नुपर्ने धेरै कामहरू रहेको बताउँदै । आफू नयाँ संसदसँग काम गर्ने इछुक रहेको बताए ।