काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब तथा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले पाएको अवसरको सदूपयोग गर्न नसक्दा गोलरहित बराबरी खेल्न बाध्य भएका हुन् । योसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ । च्यासलले ११ खेलमा ६ अंक जोडेको छ ।
यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।जावलाखेलका लागि लोईक एन्जीमी कोउहिमले दुई गोल गरे । यस्तै रुप बहादुर लामाले एक गोल गरे । फ्रेन्ड्सका जमउल एन्थोनी फ्रान्सिओसले दुई गोल गरे । नाथनियल जुड ग्रासियाले एक गोल गरे । बराबरीसँगै जावलाखेलले ११ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्सले ११ खेल ७ अंक जोडेको छ ।