×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टर्कीलाई नेपालद्वारा राहत सामग्री हस्तान्तरण

टर्कीलाई नेपालद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौं - नेपाल सरकारले भूकम्प प्रभावित राष्ट्र टर्कीलाई राहत सामग्री हस्तान्तरण गरेकाे छ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टर्की एयरलाइन्सका जनरल म्यानेजर सर्कन बसारलाई उक्त राहत सामग्री हस्तान्तरण गरेकी हुन्।
आज बिहान ११ बजे टर्की एयरलाइन्सबाट भूकम्पपीडितका लागि राहत सामग्री पठाउन लागिएकाे हाे।

सामग्री शुक्रबार नै पठाउने भनिएकाे थियाे। तर, टर्कीले क्लियरेन्स दिन समय लगाएपछि ढिला भएकाे हाे।

विभिन्न संघसंस्थाकाे समन्वयमा नेपाल सरकारले राहत सामग्री पठाउन लागेकाे हाे। राहतमा टेन्ट, न्यानाे कपडा, औषधी, स्वास्थ्य उपकरणलगायतका सामग्री छन्।

सामग्रीकाे कुल ताैल २२ हजार ७८७ केजी रहेकाे छ। १९ वटा पल्लेटमध्ये आज ३ वटामात्र पठाइने परराष्ट्रले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्