×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इदले आपसी सद्भाव अभिवृद्धि गरोस् : राष्ट्रपति भण्डारी

इदले आपसी सद्भाव अभिवृद्धि गरोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधिताभित्रको सुदृढ एकताले राष्ट्रिय भावनालाई थप बलियो बनाउन बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

मुस्लिम समुदायको महान पर्व बकर–इदको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने उनले विश्वास व्यक्त गरेकी छन् ।

भण्डारीले विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमण अझै कायम रहेकोले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाको पालना गर्दै सावधानीका साथ बकर-इद मनाउन आग्रह गरेकी छन् ।

 

 

प्रतिकृया दिनुहोस्