×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा

कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका नेता महेश आचार्यले आसन्न महाधिवेशनमा केन्द्रीय उपसभापतिमा उठ्ने घोषणा गरेका छन्। शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता आचार्यले १४ औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४–२६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिकृया दिनुहोस्