×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउडा र गौरा पर्व विदेशसम्म पनि फैलिएको छ : पूर्वप्रधानमन्त्री देउवा

देउडा र गौरा पर्व विदेशसम्म पनि फैलिएको छ : पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम र कर्णाली प्रदेशको देउडा र गौरा नेपालदेखि विदेशसम्म फैलिएको बताउनुभएको छ । उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने बताउनुभयो ।
 
गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आज आयोजित कार्यक्रममा सभापति देउवाले भन्नुभयो, ‘देउडा नृत्य र गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै होइन, कर्णाली र नेपालका साथै भारतको उत्तराखण्डका केही भागहरूमा समेत फैलिएको छ । सबैतिर गौरा पूजा गरेर पर्व मनाउने चलन बसेको छ । हामीकहाँ चर्चित देउडा नृत्य पनि उत्तराखण्डसम्म फैलिएको छ । यस कारण देउडा र गौरा पर्व देशमा मात्रै होइन, विदेशसम्म पनि फैलिएको छ ।’
 
उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरेर मनाउने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले कुन दिनलाई गौरा पर्व मनाउने विषयमा यकिन भए सरकारले त्यही दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्