×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

ज्योति लाइफ इन्स्योरेन्सले गर्याे आइपीओ बाँडफाँट

ज्योति लाइफ इन्स्योरेन्सले गर्याे आइपीओ बाँडफाँट

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर निष्काशन (आइपीओ) बाँडफाँट गरिएको छ । २१ फागुनदेखि २६ फागुनसम्मका लागि निष्कासन गरिएको उक्त कम्पनीको शेयर शुक्रबार बाँडफाँट गरएको हो ।

कम्पनीको सेयर न्युनतम १० किक्ताका दरले ५ लाख ९४ हजार जनाले पाएका छन् । १२ लाख ३ हजार ८ सय ३५ जनाको हात खाली भएको छ । कुल १८ लाख ४२ हजार ४ सय ८० जनाले आवेदन दिएकोमा १७ लाख ९७ हजार ८ सय ३५ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीले जारी पूँजीको पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीलाई, ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषलाई र ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि जारी गरेको थियो ।

उक्त आइपिओको नतिजा मेरो शेयर, सिडीएससीको नयाँ वेबसाइट, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्