×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

दीप श्रेष्ठलाई सङ्गीतकार संघद्वारा २ लाख सहयोग

दीप श्रेष्ठलाई सङ्गीतकार संघद्वारा २ लाख सहयोग

काठमाडौँ: गायक दीप श्रेष्ठलाई सङ्गीतकार संघले नगद २ लाख सहयोग गर्ने भएको छ । लामो कोरोना संक्रमणपछि उनी केही दिनअघि मात्रै घर फर्किएका छन्  । श्रेष्ठलाई संघले उक्त सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष पारस मुकारुङले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

श्रेष्ठलाई संघले उक्त रकम सङ्गीतकर्मी कल्याणकारी कोषबाट दिने निर्णय गरेको हो । दीप श्रेष्ठको नाममा काटिएको चेकको फोटो राख्दै अध्यक्ष मुकारुङले लेखेका छन्‚ ‘नेपाली सङ्गीतका एक हस्ति‚ वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठज्यू कोभिड-१९ लाई जितेर हस्पिटलदेखि डिस्चार्ज हुनुभएको छ । उहाँको शीघ्र स्वस्थलाभको कामना गर्दै सङ्गीतकर्मी कल्याणकारी कोषबाट सङ्गीतकार सङ्घले  आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।’

मुकारुङले श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्दै सङ्गीतकार सङ्घलाई सहयोगका लागि धन्यवाद समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्