×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

काठमाडौँमा असोज १ गतेबाट विद्यालय खुल्ने

काठमाडौँमा असोज १ गतेबाट विद्यालय खुल्ने


काठमाडौँ- असोज १ गतेबाट काठमाडौँका सामुदायिक तथा निजी विद्यालय सञ्‍चालनमा आउने भएका छन् । सोमबार काठमाडौँ महानगरपालिकालगायत अन्य स्थानीय तहसँगको छलफलमा विद्यालय खोल्न दिने निर्णय भएको हो ।नगरपालिकाको शिक्षा महाशाखाले कोभिडको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने गरी सहमति भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार पुनः संक्रमितको संख्या बढेमा विद्यालय बन्द गर्न सकिन्छ ।

'अहिले विद्यार्थीलाई पढने बानी पार्न भए पनि विद्यालय सञ्‍चालन गर्नुपर्ने अवस्था आएको हो,' उनले भने । नगरपालिकामा शिक्षा शाखा हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्नुपूर्व अभिभावकसँग छलफल गरी सहमति  लिनुपर्ने पराजुलीको भनाइ  छ ।  

प्रतिकृया दिनुहोस्